images
images
  • को हुन् जेन्जी आन्दोलनको कमाण्डर कहलिने सुदन, वास्तविक कमाण्डरलाई कसले गर्‍यो गायब ?

    काठमाडौं– जेन्जी समूहका वास्तविक कमाण्डर मिरस ढंगाना लगायतका समूह गुमनाम भएको छ ।

    उनीहरू किन गुमनाम भए ? कसले उनीहरूलाई गुमनाम हुन बाध्य बनायो ?

    र, उनीहरू कसको कारण असुरक्षित छन् भन्ने कुरा विस्तारै खुल्दै जाने नै छ ।

    तर, आफूलाई जेन्जी समूहको नेता भनेर परिचय दिँदै समूहलाई बदनाम गरिरहेका सुदन गुरुङ भने विभिन्न शंकास्पद क्रियाकलापमा संलग्न देखिन्छन् ।

    उनको सम्बन्ध विवादास्पद व्यक्तिहरू र संस्थासँग जोडिएको देखिन्छ ।

    जेन्जी पुस्ता अझ जन्मिएको नौ वर्ष मात्र भएको अवस्थामा उनी आफूलाई जेन्जी पुस्ताको कमाण्डरका रूपमा प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेललगायतका दललाई छल गरेर वार्तामा बस्न पुगेका छन् ।

    ‘हामी नेपाल’ नामक संस्थाको आधिकारिक वेबसाइट हेर्दा यस संस्थाको सम्बन्ध बदनाम व्यापारी समूहदेखि लिएर स्वतन्त्र तिब्बत अभियानमा सक्रिय संस्थासम्म रहेको प्रष्ट हुन्छ ।

    सुदन गुरुङको नेतृत्वमा रहेको ‘हामी नेपाल’ संस्थाले स्टुडेन्ट्स फर फ्री तिब्बत नामक अन्तर्राष्ट्रिय अभियानसँग प्रत्यक्ष सम्पर्क राखेको समेत देखिन्छ ।

    सुधन गुरुङको सम्बन्ध दीपक बत्रादेखि लिएर बदनाम व्यापारीका रूपमा चिनिएका संकर समूहका सुलभ अग्रवाल, साहिल अग्रवाल लगायतसँग पनि नजिक देखिन्छ ।

    अहिलेसम्म संस्थाले २२ करोड ४६ लाख रुपैयाँ नगद सहयोग र करिब ७ करोड रुपैयाँ बराबरको जिन्सी सामान प्राप्त गरिसकेको विवरण छ ।

    यसरी कुल २४ करोड ९८ लाख रुपैयाँ बराबरको सहयोग हात पारिसकेको छ ।

    तीमध्ये करिब १९ करोड ११ लाख रुपैयाँ खर्च भइसकेको र ६३ लाख रुपैयाँ मात्र संस्थामा बाँकी रहेको विवरण आधिकारिक वेबसाइटमा प्रकाशित छ ।

    तर, उक्त विवरणमै गडबडी देखिन्छ ।

    संस्थाले कति रकम सहयोगका लागि प्रयोग गर्‍यो भन्ने पूर्ण विवरण सार्वजनिक गरेको छैन ।

    यस हिसाबले संस्थाले जनमानसलाई झुक्याउने उद्देश्यले गलत विवरण वेबसाइटमा राखेको पुष्टि हुन्छ ।

    यस्तो विवादास्पद पात्र सुधन गुरुङ अहिले जेठो नेताका रूपमा देखिए पनि उनी शंकास्पद गतिविधिमा संलग्न हुँदै जेन्जी आन्दोलनलाई हाइज्याक गर्दै सरकार गठनको वार्तासम्म पुगेका छन्

    ।

    उनको उपस्थितिमा नै सुशीला कार्की प्रधानमन्त्री बनेकी थिइन् ।

    यही सुदन गुरुङले राष्ट्रपति रामचन्द्र पौडेललाईसमेत भौतिक आक्रमण गर्ने धमकी दिएकै प्रसंग सार्वजनिक भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images