images
images
  • दुर्गा प्रसाईं र जेन्जी समूहकै कारण प्रधानमन्त्री सुशीला कार्कीलाई मन्त्रिपरिषद् गठनमा सकस

    काठमाडौं– प्रधानमन्त्री सुशीला कार्की मन्त्रिपरिषद् विस्तारमा जटिलतामा परेकी छिन् ।

    जेन्जी आन्दोलनको भावनाअनुरूप सन्तुलित सरकार बनाउन खोजिए पनि शनिबार रातिसम्म मन्त्रीहरूको टुंगो लाग्न सकेको छैन ।

    प्रमुख कठिनाइ विभिन्न जेन्जी समूह, सुरक्षा निकाय र व्यवसायी दुर्गा प्रसाईंसम्मले भागबन्डा खोज्नु हो ।

    कार्कीले बढीमा १४ सदस्यीय मन्त्रिमण्डल बनाउन चाहेका छन् ।

    जसमा पाँचजना विज्ञ राख्ने योजना छ ।

    तर, प्रस्तावित केही विज्ञले जिम्मेवारी लिन अस्वीकार गरेका छन् ।

    जबकि कतिपय नाम जेन्जी समूहबाटै आएका कारण प्रक्रिया थप जटिल बनेको छ ।

    विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक र सर्वोच्चका पूर्वन्यायाधीश आनन्दमोहन भट्टराईले समेत प्रस्ताव अस्वीकार गरेका छन् ।

    आन्दोलनका अग्रपंक्तिका जेन्जी कार्यकर्ताले प्रत्यक्ष सरकारमा नजाने निर्णय गरेका भए पनि प्रधानमन्त्रीले प्रतिनिधि पठाउन आग्रह गरेकी छिन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images