images
images
  • अन्तरिक सरकार : बालेनको सल्लाहकारको पूरै टिम र दुर्गा प्रसाईं मन्त्री बन्ने लाइनमा

    काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीलाई जेन्जी आन्दोलनको भावनाअनुसार मन्त्रिपरिषद् विस्तारमा कठिनाइ भइरहेको छ ।

    शनिबार मध्यरातसम्म पनि मन्त्रीहरूको नाम टुंगो लाग्न सकेको छैन ।

    किनभने जेन्जीका विभिन्न समूहदेखि सुरक्षा संयन्त्र र मेडिकल व्यवसायी दुर्गा प्रसाईंसम्मले भाग खोजेका छन् ।

    कार्कीले बढीमा १४ सदस्यीय मन्त्रिमण्डल बनाउन चाहेका हुन् ।

    जसमा पाँचजना विज्ञ रहने योजना छ ।

    तर, प्रस्तावित केही विज्ञले अस्वीकार गरेका छन् भने केही नाम जेन्जी समूहले समेत अघि सारेकाले निर्णय झन् जटिल बनेको छ ।

    नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक र सर्वोच्चका पूर्वन्यायाधीश आनन्दमोहन भट्टराईले प्रस्ताव अस्वीकार गरेका छन् ।

    उता, दुर्गा प्रसाईले गृहसहित दुई मन्त्रालय माग्दै प्रहरी अधिकारी राजु पाण्डेको नाम अघि सारेका छन् ।

    त्यस्तै, मेयर बालेन शाहका कानुनी सल्लाहकार ओमप्रकाश अर्याललगायतले विज्ञ कोटाबाट मात्र प्रवेश गर्ने अडान लिएका छन् ।

    आन्दोलनको अग्रपंक्तिमा रहेका जेनजी कार्यकर्ता भने सरकारमा नजाने निर्णयमा छन् ।

    तर, उनीहरूले प्रतिनिधि पठाउन प्रधानमन्त्रीले आग्रह गरेकी छिन् ।

    रास्वपाका प्रतिनिधि पनि अघोषित रूपमा सहभागी हुने चर्चा छ ।

    यसैबीच, जेनजीका विभिन्न समूहले मन्त्री चयनका लागि आन्तरिक मतदान गरिरहेकाले मन्त्रिपरिषद् विस्तार ढिलो भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images