images
images
  • राष्ट्रपति पौडेललाई संसद्को मोह, सुशीला कार्कीलाई सत्ताको, नयाँ सरकार गठनमा सकस

    काठमाडौं– संसद् विघटन प्रक्रियामा राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीबीच मतभेद भएपछि नयाँ प्रधानमन्त्री नियुक्ति रोकिएको छ ।

    राष्ट्रपति पौडेल कार्कीलाई प्रधानमन्त्री बनाउन इच्छुक भए पनि संसद् विघटन प्रधानमन्त्रीको सिफारिसमै हुने भन्दै संवैधानिक अड्चन देखाएका छन् ।

    तर, कार्की भने प्रधानमन्त्री बन्नुअघि नै संसद् विघटन हुनुपर्ने अडानमा छिन् ।

    यसबीच राष्ट्रपति, दलका शीर्ष नेता, कार्की र सेनापति अशोकराज सिग्देलबीच छलफल भएको छ ।

    सेना र राष्ट्रपतिले संसद्बाट नयाँ प्रधानमन्त्री असम्भव ठहर गरेपछि दलहरूले पनि अडान बदलेका छन् ।

    अन्ततः सहमति जुटाएर कार्कीलाई सिधै प्रधानमन्त्री बनाउने तयारी भइरहेको छ ।

    नयाँ सरकारको प्रमुख काम निर्वाचन घोषणा, जेनजी आन्दोलनका क्रममा भएको हिंसाको छानबिन, नेताहरूको सम्पत्ति तथा भ्रष्टाचार जाँच र सामाजिक सञ्जाल नियन्त्रणको विषयमा निर्णय गर्नु रहनेछ ।

    भ्रष्टाचारविरुद्धको जेनजी आन्दोलनकै चापमा प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते राजीनामा दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images