काठमाडौं– जेनजी आन्दोलनलाई समर्थन जनाएका काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले सडकमै उत्रिने क्षमता भएको बताए पनि आफू उमेरले जेनजी समूहमा नपर्ने भएकाले प्रत्यक्ष सहभागी हुन नमिल्ने बताएका थिए ।
जेनजी सामान्यतः सन् १९९७–२०१२ बीच जन्मेका १३ देखि २८ वर्ष उमेरका युवालाई भनिन्छ ।
तर, अहिले आन्दोलनको अगुवाको रूपमा चर्चामा आएका सुधन गुरुङ ३६–३८ वर्षका छन् ।
उनी शीतल निवासमा राष्ट्रपति र प्रधानसेनापतिसँग वार्तामा समेत बसेका छन् ।
भारतीय मिडियाले उनलाई आन्दोलनका सूत्रधारका रूपमा चित्रण गरिरहेका छन् ।
काठमाडौंमा जन्मिएका सुधनको परिवारिक पृष्ठभूमि साधारण थियो ।
पढाइमा खासै प्रगति नगरे पनि डिजे र क्लब व्यवसायमार्फत् चर्चामा आए ।
२०७२ भूकम्पपछि उनले ‘हामी नेपाल’ नामक संस्था खोले ।
जसले ठूलो संख्यामा सदस्य र कम्पनी तथा कलाकारबाट सहयोग पायो ।
पछि उनी सामाजिक कार्य, रियलस्टेट र एभेन्चर व्यवसायमा लागे ।
उनको धरानका मेयर हर्क साम्पाङसँग नजिकको सम्बन्ध थियो ।
तर, पछि आलोचनाका कारण दूरी बढ्यो ।
हाल उनी ‘हामी नेपाल’ मार्फत् जेनजी आन्दोलनमा सक्रिय छन् ।
सुरुमा संस्थाले पानी वितरण र भोलिन्टियर मात्र गर्ने बताएको भए पनि अहिले उनी आन्दोलनको प्रतिनिधित्व गरिरहेका छन् ।
सुधनको उमेर जेनजी समूहभन्दा माथि परे पनि विभिन्न कारणले उनलाई नेतृत्वको स्थान दिइएको छ ।
उनी भारतीय नागरिक भएको भन्ने अफवाह दार्जिलिङका अर्का सुधन गुरुङसँगको नाम मिल्दोजुल्दो कारण फैलेको थियो ।
जसको खण्डन दार्जिलिङकै गुरुङले सार्वजनिक रूपमा गरेका छन् ।
त्यस्तै जेनजीको आन्दोलनले ओली सरकार ढलाएको छ भने नयाँ सरकार गठन सुरु भएको छ ।
नयाँ सरकार प्रमुखका लागि जेन्जीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अगाडि सारेको छ ।























