images
images
  • देउवाको घरमा अमेरिकी डलरसहित लाखौँका नोट भेटिँदैनन् सक्ला, पूरै जलेर खरानी

    काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा भएको आगलागीपछि लाखौँ रुपैयाँ बराबरका नोट जलेको दाबी गरिएको छ ।

    आगलागी नियन्त्रणपछि गरिएको खोजतलासमा नेपाली रुपैयाँ र अमेरिकी डलर जलेको अवस्थामा भेटिएको स्थानीय स्रोतको भनाइ छ ।

    स्रोतका अनुसार देउवाको निवासमा रहेको फलामका दराज र लकरहरूमा नगदसँगै सुन, चाँदी र अन्य बहुमूल्य धातुहरूसमेत राखिएको आशंका गरिएको छ ।

    आगो लागेपछि केही सामान झिकिएको र केही नगद भने जलेर नष्ट भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।

    यद्यपि, सरकारी निकायले अहिलेसम्म आधिकारिक रूपमा आगलागीबाट भएको क्षतिको विवरण सार्वजनिक गरेको छैन ।

    प्रहरी र स्थानीय प्रशासनले अनुसन्धान भइरहेको जानकारी मात्र दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images