काठमाडौं– हालसम्म पनि देशभरका ११ हजारभन्दा बढी कैदीबन्दी फरार छन् ।
कारागार व्यवस्थापन विभागका निर्देशक चामेन्द्र न्यौपानेका अनुसार २४ भदौमा जेन–जी आन्दोलन उग्र बनेपछि २६ वटा कारागारमा तोडफोड र आगजनी भएको थियो ।
त्यस क्रममा १२ हजार ८१७ कैदीबन्दी र बाल सुधार गृहका ९६२ गरी कुल १३ हजार ७७९ जना भागेका थिए ।
भागेकामध्ये केही पक्राउ परे वा आफैं फर्किए पनि अझै ११ हजार ४६१ जना फरार रहेको विभागले जनाएको छ ।
अहिलेसम्म २ हजार ३१८ कैदीबन्दी मात्र नियन्त्रणमा आइसकेका छन् ।
फरार हुनेहरूमध्ये सन तस्करका नाइके चुडामणि उप्रेती ‘गोरे’देखि अपहरणकारीका नाइके भारतीय नागरिक उदय सेट्टीसम्म सामेल रहेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्























