images
images
  • सुशीला कार्कीले भनिन्– संसद् भंग नगरे अन्तरिम सरकार प्रमुख बन्दिनँ

    काठमाडौं– पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले जेन–जी आन्दोलनमा दमनको छानबिन र संसद् विघटनको मुद्दा पूरा नभएसम्म आफू अन्तरिम सरकारको नेतृत्व नलिने अडान राखेकी छन् ।

    गएराति शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल भए पनि यी दुई सर्तमा सहमति नहुँदा उनले वार्तामा नबस्ने निर्णय गरिन् ।

    उनले संसद् कायम राख्ने पुराना दलहरूले चुनाव गराउन नदिने र सरकार असफल बनाउन प्रयास गर्ने भएकाले अहिले भूमिका लिनु उचित नरहेको बताइन् ।

    कार्कीको भनाइ अनुसार जेन–जीले उठाएका मुद्दाभन्दा बाहिर गएर निर्णय गर्नु विद्रोहीहरूको भावनाविपरीत हुनेछ ।

    जेन–जी समूह, काठमाडौंका मेयर बालेन्द्र शाह र अन्य पक्षहरूले कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउन प्रस्ताव गरेका छन् ।

    तर, शीतलनिवासले प्रक्रिया पुरा नभएको भन्दै समय काटिरहेको छ ।

    सोमबार–मंगलबारको आन्दोलनमा ५१ जनाको मृत्यु भएको छ भने सरकारी कार्यालय र उद्योगहरूमा ठूलो क्षति पुगेको छ ।

    वर्तमानमा देशभर सुरक्षा सेनाले सम्हालेको छ र प्रधानसेनापति सिग्देल वार्तामा सहजीकरण गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images