काठमाडौं– नख्खु कारागार प्रशासनले रास्वपा सभापति रवि लामिछानेबारे अहिलेसम्म कुनै निर्णय नगरेको बताएको छ ।
जेनजी आन्दोलनको क्रममा फरार भएका सबै कैदी–बन्दीलाई आधिकारिक सम्पर्कमा आउन अपील गरे पनि लामिछानेको विषयमा कारागारले के गर्ने भन्ने स्पष्ट छैन ।
नख्खु कारागार प्रशासक सत्य राज जोशीका अनुसार रवि लामिछानेबारे कुनै निर्णय भइसकेको छैन ।
कारागारले रविलाई विशेष परिस्थितिमा थुनामुक्त गरिएको थियो ।
भदौ २४ गतेको घटनापछि फरार भएका १४ सय कैदीबन्दीलाई आत्मसमर्पण गर्न अपील गरिएको छ ।
प्रशासनले जेलमा नफर्किए भविष्यमा कानुनी अधिकार, सुविधा र सामाजिक पुनःस्थापनामा असर पर्नसक्ने चेतावनी पनि दिएको छ ।
अधिकांश कैदी–बन्दी फरार छन् ।
केहीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रतिक्रिया दिनुहोस्























