ललितपुर– नख्खु कारागार प्रशासनले कारागार परिसरबाट भदौ २४ गते फरार भएका सबै कैदीबन्दीलाई तत्काल आत्मसमर्पण गर्न सार्वजनिक अपिल गरेको छ ।
कारागार प्रशासनले शुक्रबार एक विज्ञप्ति जारी गर्दै फरार कैदीहरूलाई प्रचलित कानुनी प्रक्रिया तथा विधिबाट पुनःस्थापना गरी पुनस्र्थापना गर्न आग्रह गरेको हो ।
प्रशासनले फरार अवस्थामा बसिरहनुले कानुनले तोकेको सजाय थप बढ्ने मात्र नभई भविष्यमा प्राप्त हुनसक्ने कानुनी अधिकार, सुविधा तथा सामाजिक पुनस्र्थापना प्रक्रियामा गम्भीर असर पर्ने चेतावनीसमेत दिएको छ ।
सूचनामा भनिएको छ, ‘विधि, कानुन र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै यस कारागार प्रशासनसँग सम्पर्क स्थापना गरी आत्मसमर्पण गर्न सबै फरार कैदीबन्दीहरूलाई हार्दिक अनुरोध गर्दछौँ ।’
यस्तै, आत्मसमर्पण गर्न ढिलाइ भएमा कारागार ऐन २०७९ र अन्य प्रचलित कानुनबमोजिम कानूनी कारबाही हुने चेतावनीसमेत दिइएको छ ।
प्रशासनले सम्पर्कमा आउने व्यक्तिको हकहितको रक्षा गर्दै आवश्यक सहजीकरण गर्ने प्रतिवद्धता जनाएको छ ।
साथै, फरार कैदीबारे जानकारी हुने जो कोहीले पनि तुरुन्तै कारागार प्रशासनलाई सम्पर्क गर्न आग्रह गरिएको छ ।
नख्खु कारागार प्रशासन ललितपुरले सूचना अधिकारी र बन्दी प्रशासनका सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ ।
यसअघि भएको जेन्जी पुस्ता आन्दोलनको भयले रास्वपा सभापति रविलामिछानेलाई कारागार प्रशासनले सुरक्षितका लागि घर पठाएको थियो ।
तर, बाँकी कैदी–बन्दीले कानुन सबैलाई बराबर हुनुपर्ने भन्दै कारागारको गेट फोटेर फरार भएका छन् ।
























