images
images
  • संविधान विपरीत सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाइँदै, धारा १३२(२)को बर्खिलाप

    काठमाडौं– पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने प्रक्रिया संवैधानिक अड्चनका कारण अझैँ गाँठो फुकेको छैन ।

    संविधानले प्रधानन्यायाधीश वा न्यायाधीश भइसकेका व्यक्तिलाई सरकारी पदमा नियुक्त गर्न निषेध गरेको छ ।

    यस कारण देशले तत्काल कार्यकारी नेतृत्व पाउने सम्भावना टरेको छ ।

    संविधानको धारा १३२(२) मा उल्लेख छ, ‘प्रधानन्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीश भइसकेको व्यक्ति यस संविधानमा उल्लेख भएको बाहेक कुनै पनि सरकारी पदमा नियुक्तका लागि ग्राह्य हुने छैन ।’

    जेन–जी आन्दोलनकारीहरूले आजै कार्कीलाई अन्तरिम सरकारको नेतृत्वका लागि प्रस्ताव गर्दै प्रधानसेनापति कहाँ पठाउने तयारी गरेका थिए ।

    तर, कानुनी अड्चनका कारण अब कार्यकारी प्रमुख चयनमा अझै केही दिन ढिलाइ हुने देखिएको छ ।

    कानुनी अड्चनलाई कसरी सहजीकरण गर्ने भन्नेबारेमा राष्ट्रपति रामचन्द्र पौडेल अझैँ संविधानविद्सँग छलफलमा छन् ।

    आजै बिहान ९ बजे राष्ट्रपति र सुशीला कार्कीबीच छलफल हुने भनिए पनि राष्ट्रपति छलफलमा रहेकोले छलफल केही समय पछि धकेलिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images