images
images
  • ७ प्रदेशका ६२ जिल्लामा कर्फ्यु र निषेधाज्ञा जारी

    काठमाडौं– जेन–जी समूहले आन्दोलन फिर्ता लिए पनि धेरै जिल्लामा जनजीवन सामान्य बनेको छैन ।

    तोडफोड र आगजनीपछि शान्ति सुरक्षाका लागि ७ प्रदेशका ६२ जिल्लामा कर्फ्यु र निषेधाज्ञा जारी छन् ।

    कोशी, मधेश र सुदूरपश्चिमका सबै जिल्लामा कर्फ्यु छ भने बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका धेरै जिल्लामा आंशिक रूपमा कर्फ्यु वा निषेधाज्ञा कायम छ ।

    सहरी क्षेत्रमा सेना र सशस्त्र प्रहरी तैनाथ हुँदा बजार, पसल र आवतजावत ठप्प छ ।

    ग्रामीण क्षेत्रमा भने यसको प्रभाव कम छ ।

    मधेशका आठै जिल्लामा पूर्ण कर्फ्यु छ भने काठमाडौं उपत्यकासहित बागमतीका ११ जिल्लामा कर्फ्यु वा निषेधाज्ञा लागू गरिएको छ ।

    गण्डकीका नौ, लुम्बिनीका तीन, कर्णालीका आठ र सुदूरपश्चिमका नौ जिल्लामा पनि अवस्था उस्तै छ ।

    कैलालीमा ६६६ जना कैदीबन्दी भागेका थिए भने धनगढीस्थित अधिकांश सरकारी कार्यालयमा आगजनीबाट क्षति भएको छ ।

    कर्णालीका धेरै जिल्लामा विद्यालय अझै बन्द छन् ।

    हाल स्थिति सामान्यतर्फ उन्मुख भए पनि प्रशासनले सम्भावित जोखिमलाई ध्यानमा राखी कर्फ्यु र निषेधाज्ञा लम्ब्याएको छ .

    प्रतिक्रिया दिनुहोस्
    images
    images