images
images
  • पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै प्रधानमन्त्री बनाउने तयारी

    काठमाडौं– पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै प्रधानमन्त्री बनाउने तयारी भइरहेको शीतल निवास स्रोतले जनाएको छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी समूहको दबाबबीच बिहीबार मध्यरातसम्म प्रधानसेनापति, दलका नेता र संविधानविद्हरसँग छलफल गरेका थिए ।

    संविधान नउलङ्घन हुने गरी गैरसांसद कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने तयारी भएको हो ।

    राष्ट्रपतिले सभामुख देवराज घिमिरे र प्रधानसेनापति अशोकराज सिग्देलसँग पनि छलफल गरेका थिए ।

    छलफलमा कार्कीको नाममा सहमति जुटेको र राष्ट्रपति संरक्षकको हैसियतले उनलाई नियुक्त गर्न लागिएको बताइएको छ ।

    शुक्रबार बिहान ९ बजे अन्तिम छलफलपछि शपथ हुने सम्भावना छ ।

    अन्तरिम सरकारले संविधान संशोधन, चुनाव तयारी र आन्दोलनबारे न्यायिक छानबिनलाई प्राथमिकतामा राख्ने बताइएको छ ।

    तर संसद विघटनबारे भने सहमति नजुटेको स्रोतले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images