काठमाडौं- नेपाली सेनाको सक्रिय पहलसँगै नयाँ सरकार गठनको प्रयास भइरहेका बेला पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको नेतृत्व लिन तयार भएको संकेत गरेकी छन् ।
उनले जंगीअड्डामा दुई दिनसम्म भएको वार्ता र भारत–नेपालका सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामार्फत नयाँ जिम्मेवारी स्वीकार्ने तयारी देखाएकी हुन् ।
कार्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यशैलीको प्रशंसा गर्दै नेपाल–भारत सम्बन्धलाई मजबुत बनाउन आफू इच्छुक रहेको बताइन् ।
जेनजी समूहले हालैको आन्दोलनपछि केही समयका लागि अन्तरिम सरकारको नेतृत्व गर्न आग्रह गरेको भन्दै उनले “देशको लागि नयाँ सुरुवात गर्ने” प्रतिबद्धता व्यक्त गरिन् ।
प्रतिक्रिया दिनुहोस्























