काठमाडौं- नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का युवा सांसदहरू संयुक्त वक्तव्य निकाल्ने तयारीमा छलफलमा जुटेका छन् ।
जंगी अड्डाबाट प्रधानमन्त्री चयन गर्ने विषय असंवैधानिक भएको भन्दै उनीहरूले भर्चुअल माध्यममार्फत बैठक गरेका हुन् ।
छलफलमा कांग्रेसका गगन थापा, विश्वप्रकाश शर्मा, रामहरि खतिवडा, एमालेका योगेश भट्टराई, सूर्य थापा, ठाकुर गैरे र माओवादीका माधव सापकोटा, राजन दाहाल, अमनलाल मोदी सहभागी भए ।
प्रधानमन्त्री चयन संवैधानिक बाटोबाटै हुनुपर्छ । जंगी अड्डाबाट बनाउने कुरा गलत हो । संयुक्त वक्तव्य निकाल्नेबारे छलफल भइरहेको छ, तर निर्णय भने अझै भएको छैन, सहभागी एक सांसदले बताए ।
प्रतिक्रिया दिनुहोस्























