images
images
  • प्रचण्डले जस्तो भने त्यस्तै भयो देश

    काठमाडाैं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीप्रति जनताको विश्वास नभए देश संकटमा पर्ने बताएका थिए ।

    यहीँ भदौको गत ११ गते काठमाडौंमा आयोजित ‘पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवाद, २०८२’ कार्यक्रममा प्रचण्डले माओवादीले सरकारमा रहेर राम्रा काम गरेको दोहोर्‍याए ।

    तर, जनताले माओवादीप्रति विश्वास नगरे देश ठूलो अप्ठ्यारोमा पर्छ । चुरो कुरा नढाँटीकन भन्नुपर्दा, माओवादीप्रति विश्वास नगरे देश बाँच्दैन, बच्दैन, उनले उल्लेख गरेका थिए ।

    प्रचण्डले नेपाली कांग्रेस र नेकपा (एमाले)लाई भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै वर्तमान सरकार डरबाट बनेको टिप्पणी गरेका थिए ।

    उनले भने, माओवादीको पहिलो, दोस्रो र तेस्रो सरकारले राम्रो काम बाहेक अन्य कुनै नराम्रो काम गरेको छैन । तर कांग्रेस र एमालेले भ्रष्टाचारमा लिप्त भएर आफ्ना भ्रष्टाचारी बचाउन सरकारले गठन गरेका हुन् । मैले यसबारे सदनमा खुलेआम भनेको छु । यो सरकार डरबाट बनेको हो, तर यो सुशासन दिन बनेको हो र यसले सुशासनको आशा जगाउँछ ।

    उनले यो अभिव्यक्तिको दुई हप्ता नपुग्दै देश प्रचण्डले भनेझैं भएको छ ।

    यतिबेला देश देशजस्तो छैन भने सबै संरचना ध्वस्त छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images