काठमाडौं- अन्तरिम सरकार गठनको विषयमा छलफल सुरु भएको छ ।
यसका लागि नेपाली सेनाको मुख्यालयमा बैठक बस्ने भएको छ ।
केहीबेरमा राष्ट्रपति रामचन्द्र पौडेल पनि उपस्थित हुने जानकारी प्राप्त भएको छ ।
जंगी अड्डा बाहिर नाराबाजी जारी रहेको छ ।
नाराबाजीमा सहभागी समूहहरूले अन्तरिम सरकारको प्रमुखमा पूर्वन्यायाधीश सुशीला कार्कीलाई नियुक्त गर्न नहुने अडान राखेका छन् ।
रिपोर्ट अनुसार, भारतीय पत्रकारलाई सेनाले जंगी अड्डाभित्रै प्रवेश गराएको छ, भने नेपालका पत्रकारहरूलाई प्रवेश अनुमति दिइएको छैन ।
प्रतिक्रिया दिनुहोस्























