काठमाडौं- नयाँ सरकार गठनबारे आज राष्ट्रपति रामचन्द्र पौडेल र जेन्जीबीच निर्णायक वार्ता हुने भएको छ ।
जेन्जीहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेतृत्व दिन सहमति जनाएपछि सेनाको समन्वयमा जङ्गीअड्डामा वार्ता तय भएको हो ।
बुधबार तय भएको वार्ता आपसी विवादका कारण रोकिएको थियो ।
मेयर बालेन शाहले नेतृत्व लिने चाहना देखाए पनि पछि हटेपछि कार्कीलाई अघि सारिएको हो ।
शाहले हिजो राति कार्कीलाई समर्थन गर्ने घोषणा गरेका थिए भने कार्कीले पनि भारतीय मिडियासँग नेतृत्व लिन तयार रहेको बताएकी थिइन् ।
कार्कीको नाममा जेन्जी खासै विवाद नदेखिएकाले आजको वार्ता निर्णायक हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्























