images
images
  • जेन्जी र प्रधानसेनापतिबीच मध्यराति वार्ता, के भयो कुरा ?

    काठमाडौं- काठमाडौंमा आन्दोलनरत जेन्जी र प्रधानसेनापति अशोकराज सिग्देलबीच मंगलबार राति लामो वार्ता भएको सहभागीहरूले पुष्टि गरेका छन् ।

    तनुजा पाण्डेका अनुसार छलफलमा शान्ति पुनर्बहालीदेखि अन्तरिम सरकार गठनसम्मका विषय उठेका थिए ।

    सेनाले युवाहरूका मुख्य मागबारे चासो देखाएपछि देशभरका प्रतिनिधिहरूसँग समन्वय गरी अर्को बैठक गर्ने सहमति भएको संयोजक पुरुषोत्तम यादवले बताए ।

    प्रधानमन्त्री केपी ओलीको राजीनामापछि पनि काठमाडौँसहित देशका प्रमुख कार्यालय, अदालत, दलका मुख्यालय, पाँचतारे होटलसम्ममा आक्रमण र आगजनी भएका थिए ।

    त्यसपछि सेनाले कर्फ्यू र निषेधाज्ञा जारी गर्दै शान्ति सुरक्षाको जिम्मेवारी लिएको हो ।

    युवाहरूले तोडफोडमा आफ्नो संलग्नता नरहेको दाबी गर्दै आन्दोलनलाई शान्तिपूर्ण र लोकतान्त्रिक बाटोबाट अघि बढाउनुपर्ने अडान राखेका छन् ।

    उनीहरूले अन्तरिम सरकारको नेतृत्व दल वा पुराना नेताबाट नभई नागरिक समाजबाट हुनुपर्ने माग दोहोर्याएका छन् ।

    हालसम्म राजनीतिक दलहरूले यसबारे स्पष्ट धारणा सार्वजनिक गरेका छैनन् ।

    संविधानले प्रतिनिधिसभा सदस्य मात्र प्रधानमन्त्री बन्न सक्ने व्यवस्था गरेकाले माग सम्बोधन गर्न संविधानबाहिर जानुपर्ने प्राध्यापक कृष्ण खनालको भनाइ छ ।

    उनका अनुसार, यो विशेष परिस्थिति भएकाले समाधान पनि फराकिलो ढङ्गले खोजिनुपर्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images