images
images
  • जेन्जीले भन्यो- रविले आन्दोलनको फाइदा उठाएका हुन्, हामीले जेल निकाला गरेका होइनौं

    काठमाडौं- सहकारी ठगी अभियोगमा जेल जीवन बिताइरहेका रवि लामिछाने मंगलबार जेलबाट निस्केका छन् ।

    रूपन्देहीबाट काठमाडौं नख्खु कारागार सारिएका रवि मंगलबार जेलबाट निस्केका हुन् ।

    रास्वपाले भने जेन्जीको आन्दोलनले निकालेको अफवाह फैलाएका छन् ।

    उता नख्खु कारागार प्रशासनले रविको सुरक्षामा चुनौती देखिएको भन्दै घरमै आराम र सुरक्षित हुन घर पठाइएको बताएको छ ।

    यहीँ विषयमा विश्वखबरले जेन्जीका केही प्रतिनिधिसँग सम्पर्क गरि यसबारे प्रष्ट पारिदिन आग्रह गरेको थियो ।

    हाम्रो आग्रहअनुसार जेन्जीका केही प्रतिनिधिले स्पष्टरूपमा भनेका छन्, हामी कुनै पनि दलको नेतृत्व जोगाउन, उक्साउन र जेल निकाल्न आन्दोलनमा होमिएका होइनौं । हाम्रो एजेन्डा रवि लामिछाने छुटाउने हुँदै होइन । जेन्जी आन्दोलनको बलमा रवि निस्केको भन्ने अफवाह मात्रै हो ।

    आन्दोलनको मौका छोपेर रवि जेलबाट निस्किएका हुन् । यसमा हाम्रो संलग्नता छैन, जेन्जीले भने ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images