काठमाडौं- डल्लुस्थित पूर्वप्रधानमन्त्री झलनाथ खनालको निवासमा मंगलबार बिहान आन्दोलनकारीले आगो लगाउँदा उनकी पत्नी रविलक्ष्मी चित्रकार गम्भीर घाइते भएकी छन् ।
आगजनीको समयमा चित्रकार छोरा निर्भिक खनालसँगै घरमै रहेकी थिइन् ।
घाइते भएपछि उनलाई प्रारम्भिक उपचारका लागि छाउनीस्थित नेपाली सेनाको अस्पताल पुर्याइएको थियो ।
त्यहाँको सघन उपचार कक्षमा राखिएको नेता नरेश शाहीले बताए ।
उनलाई थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल लैजाने तयारी भइरहेको छ ।
खनाललाई भने सेनाले आगो फैलिनुअघि सुरक्षित रूपमा उद्धार गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्























