काठमाडौं- सोमबारदेखि जेन्जीले थालेको आन्दोलन उग्र बनेको छ ।
जेन्जी पुस्ताको नेतृत्वमा भएको आन्दोलन आजसम्म आइपुग्दा निकै भयावह बनेको हो ।
यतिबेला सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय, पार्टी कार्यालय र शीर्ष दलका नेताहरूको घर जलेर खरानी बनेका छन् ।
यहीँ मौकामा विश्वखबरले जेन्जी पुस्ताको आन्दोलनको नेतृत्व सम्हालेका एक जेन्जीलाई प्रश्न गरेका थियो ।
जवाफमा उनले यदि शासन सत्ता अर्थात् सरकार हामीले चलाए भ्रष्ट नेताहरू देउवा, ओली र प्रचण्डको बास जेलमा हुने बताए ।
प्रतिक्रिया दिनुहोस्























