काठमाडौं- जेन्जी आन्दोलनमा संलग्नहरूले निवासमै देउवा दम्पतीमाथि कुटपिट गरेका छन् ।
बूढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि जेन्जीहरूले कुटपिट गरेका हुन् ।
कुटपिटमा परेका उनीहरू घाइते भएपछि अस्पताल पुर्याउन नसकेको प्रहरी बराउँछ ।
आन्दोलनकारीहरूले अस्पताल लैजान नदिएपछि उनीहरू अहिले जेन्जीकै घेरामा छन् भने घरमा आगो दन्किरहेको छ ।
देउवा दम्पती उद्धारका लागि उडेको सैन्य हेलिकप्टरलाई आन्दोलनकारीले अवतरण हुन दिएका छैनन् ।
प्रतिक्रिया दिनुहोस्























