काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संघीय सांसदहरूले सामूहिक राजीनामा दिने भएका छन् ।
सरकारविरुद्ध आन्दोलनमा स्वतःस्फुर्त सडकमा ओर्लिएका जेन्जीमाथि राज्यले दमन गरेको भन्दै रास्वपाका सांसदहरूले आपत्ति जनाएका छन् ।
यस्तो अवस्थामा पदमा रहिरहन नैतिकताले नदिने भन्दै रास्वपाका सबै सांसदहरूले राजीनामा दिन लागेका हुन् ।
जेन्जीको आन्दोलन हिजोदेखि जारी छ ।
आन्दोलनमा १९ जनाले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस्























