काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिने भएका छन् ।
जेन्जी आन्दोलनमाथि दमन गरेको भन्दै चौतर्फी आलोचना भएपछि प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिन लागेका हुन् ।
हिजोदेखि जेन्जीको आन्दोलन जारी छ भने स्थानीय प्रशासनले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा कर्फ्यु लगाएको छ ।
हिजोको आन्दोलनमा १९ जनाले ज्यान गुमाएका छन् । सयौं घाइते भएको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री ओलीले आज दिउँसो ३ बजे देशबासीको नाममा सम्बोधन गर्दै राजीनामा दिने तयारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्























