काठमाडौं- नेपाली कांग्रेसका मन्त्रीहरुले सामूहिक राजीनामाबारे छलफल थालेका छन् ।
भैसेपाटीस्थित मन्त्री निवासमा भएको छलफलमा कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा दिइसकेका छन् भने अन्य मन्त्रीले पनि स्वास्थ्य मन्त्री प्रदीप पौडेलको निवासमा बैठक गरेका छन् ।
पार्टीले निर्णय गरे सामूहिक राजीनामा सहज हुने भन्दै नेताहरुले तयारी अघि बढाएका छन् ।
यसअघि शेखर कोइराला र गगन थापाले सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने धारणा सार्वजनिक गरेका थिए ।
यद्यपि पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेस मन्त्रीहरूलाई राजीनामा नदिन दबाब दिइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्























