
सर्लाही- सर्लाही रहेका सत्तारूढ दल कांग्रेस र एमाले पार्टी कार्यालयमा आगजनी भएको छ ।
सदरमुकाम मलंगवास्थित सत्तारूढ दलका पार्टी कार्यालयमा आगजनी भएको हो ।
बिहानैदेखि आन्दोलनमा उत्रिएका जेन्जीले पार्टी कार्यालयमा आगजनी गरेको मलंगवा प्रहरीले जनाएको छ ।
सरकारविरुद्ध जेन्जीले हिजोदेखि देशव्यापी आन्दोलन थालेका छन् ।
आन्दोलनमा सयौं घाइते भएका छन् भने १९ जनाले ज्यान गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस्