काठमाडौं- कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मंगलबार राजीनामा दिएका छन् ।
सोमबारको जेन्जी प्रदर्शनमा सरकारको दमनकारी व्यवहारप्रति असन्तुष्टि जनाउँदै उनले लोकतान्त्रिक अधिकारमाथि बल प्रयोग भइरहेको कारण पद त्यागेको बताएका छन् ।
राजीनामा पत्रमा अधिकारीले सहकार्य गर्नुपर्ने पुस्तासँग युद्धजस्तो व्यवहार सत्ता टिकाउनका लागि असह्य भएको उल्लेख गरेका छन् ।
यसअघि गृहमन्त्री रमेश लेखकले राजीनामा दिइसकेका छन् भने अन्य कांग्रेस मन्त्रीहरू पनि राजीनामा दिने तयारीमा छन् ।
जेन्जीमाथिको दमन सह्य नभएको भन्दै सत्ताबाट बाहिरिन कांग्रेसले तयारी थालेको छ ।
प्रतिक्रिया दिनुहोस्























