images
images
  • गृहमन्त्री बन्न कांग्रेस महामन्त्री गगन अनिच्छुक

    काठमाडौं- जेनजी आन्दोलनमा सुरक्षाकर्मीको दमनका कारण युवाको मृत्यु भएपछि गृहमन्त्री रमेश लेखकले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका छन् ।

    सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिन सुझाव दिए पनि उनले नैतिकताका आधारमा पदमा नबस्ने निर्णय गरेका हुन् ।

    भिजिट भिसा प्रकरण जोडेर राजीनामा माग्दै रास्वपा–राप्रपाले संसद् अवरुद्ध गरिरहे पनि लेखक अडिग थिए ।

    तर, आन्दोलन नियन्त्रणबाहिर गएपछि उनले राजीनामा दिएका हुन् ।

    सोमबार साँझ देउवा निवासमा बसेको बैठकमा पनि उनले मानवीय क्षतिको जिम्मेवारी लिएर राजीनामा दिने बताएका थिए ।

    लेखकको राजीनामापछि कांग्रेसले महामन्त्री गगनकुमार थापालाई नयाँ गृहमन्त्री बनाउने तयारी गरेको छ ।

    मंगलबारै शपथको तयारी भए पनि थापाले सरकारमा जानुअघि सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णय सच्याउनुपर्ने सर्त राखेका छन् ।

    तर, स्रोतका अनुसार गगले गृहमन्त्री बन्न इच्छुक छैनन् ।

    प्रतिक्रिया दिनुहोस्

    images