images
images
  • काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा कर्फ्यु, पुनः आन्दोलन उत्रिए जेन्जी

    काठमाडौं- कर्फ्युको बीचमा पनि जेन्जीले मंगलबार बिहानै बानेश्वर चोकमा आन्दोलन थालेका छन् ।

    उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा र ‘हाम्रा साथी फिर्ता दे सरकार’ भन्ने नारा लगाएका छन् ।

    सोमबारको आन्दोलनमा प्रहरीको गोली लागी १९ जनाको मृत्यु भएको थियो भने ४ सयभन्दा बढी घाइते भएका थिए ।

    जिल्ला प्रशासन कार्यालयले मंगलबार बिहान ८:३० बजेदेखि चक्रपथभित्र अनिश्चितकालीन कर्फ्यु घोषणा गरेको छ ।

    भक्तपुर र ललितपुर जिल्लामा पनि कर्फ्यु जारी छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images