images
images
  • बालेनलाई जेन्जी आन्दोलनको नेतृत्व लिन दबाब

    काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)लाई जेन्जीले आन्दोलनको नेतृत्व लिन दबाब दिएका छन् ।

    सोमबार दिउँसोदेखि सामाजिक सञ्जालमा ‘प्रिय बालेन, अहिल्यै नेतृत्व लेऊ वा कहिल्यै नलेऊ’ भन्ने सन्देश ट्रेन्ड बनेको छ ।

    जेन्जीले सामाजिक सञ्जाल प्रतिबन्ध, बढ्दो भ्रष्टाचार र नेताका सन्तानको विलासी जीवनशैलीविरुद्ध प्रदर्शन सुरु गरेका हुन् ।

    सोमबार बिहान माइतीघरबाट सुरु भएको प्रदर्शन संसद् भवनसम्म पुगेपछि प्रहरीसँग झडप भयो ।

    अश्रुग्यास, पानीको फोहोरा र रबरको गोली प्रयोग हुँदा १५ जना घाइते भए ।

    राजधानीसँगै चितवन, कास्की, इटहरी, बुटवल, झापा लगायतका प्रमुख सहरमा पनि प्रदर्शन भए ।

    शान्तिपूर्ण भनिए पनि अधिकांश स्थानमा झडप भएको छ ।

    यसअघि बालेनले सामाजिक सञ्जालमार्फत आन्दोलनलाई समर्थन जनाउँदै आफू उमेर हदका कारण सहभागी हुन नसक्ने तर शान्तिपूर्ण तरिकाले अघि बढाउन आग्रह गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images