images
images
  • सत्ता त्याग्न देउवामाथि दबाब, प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई कांग्रेस नेताहरूले भने– ‘अपराधी’

    काठमाडौं– नेपाली कांग्रेसका नेता–कार्यकर्ताले गृहमन्त्री रमेश लेखकको तत्काल राजीनामा माग गरेका छन् ।

    जेन्जीको विरोध प्रदर्शनमा भएको प्रहरी दमनबाट १७ जनाको मृत्यु र दर्जनौँ घाइते भएपछि कांग्रेसभित्र आक्रोश देखिएको हो ।

    केन्द्रीय सदस्य प्रा.डा. गोविन्द पोखरेलले गृहमन्त्री लेखक तत्काल राजीनामा दिनुपर्ने भन्दै, ‘यदि नदिए पार्टीले फिर्ता बोलाउनुपर्छ’ भनेका छन् ।

    पूर्व नेविसंघ नेतृ एलिजा ढकालले लेखकलाई प्रधानमन्त्री ओलीको तानाशाही सरकारको सहयोगी भन्दै कांग्रेस तत्काल सरकारबाट बाहिरिनुपर्ने माग गरिन् ।

    यस्तै, व्रितान्त खनालले ‘यदि पार्टी अझै चुप बस्ने हो भने हामी आन्दोलन घोषणा गर्छौं’ भन्दै सरकारबाट फिर्ता हुन पार्टीलाई चेतावनी दिए ।

    नेविसंघका नेता धर्मराज शाहीले सरकारलाई ‘अपराधी’ संज्ञा दिँदै दमनको विरोधमा पूर्ण ऐक्यबद्धतासहित आन्दोलनमा उत्रिने घोषणा गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images