images
images
  • एक्सले भन्यो– चरम भ्रष्टाचार हुने र अभिव्यक्ति स्वतन्त्रता नभएको नेपालमा दर्ता हुन आउँदैनौँ

    काठमाडौं– एक्स (ट्विटर)ले नेपालमा भ्रष्टाचार नियन्त्रण नभएसम्म दर्ता प्रक्रिया अघि नबढाउने स्पष्ट जवाफ दिएको छ ।

    सरकारले सूचीकरणमा नआएका २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि एक्सले पठाएको पत्रलाई गम्भीर रूपमा लिइएको छ ।

    पत्रमा एक्सले नेपाललाई भ्रष्टाचार हुने मुलुकमध्ये अग्रस्थानमा रहेको र अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी नभएको कारण देखाउँदै दर्ता हुन नसक्ने अडान दोहोर्याएको छ ।

    सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले पनि एक्सको पत्र आएको पुष्टि गर्दै कम्पनीले ‘भ्रष्टाचार बढी भएका मुलुकमा दर्ता नगर्ने नीति’ को उल्लेख गरेको बताए ।

    सरकारले विगत १५ महिनादेखि फेसबुक, ट्विटरलगायतका सञ्जाललाई सूचीकरणमा आउन आग्रह गर्दै आएको छ ।

    तर, ती कम्पनीहरूले अटेरी गर्दै आएका थिए ।

    नेपाल अहिले ग्रे–लिस्टमा रहेकाले सामाजिक सञ्जालहरूले यस्तो आपत्ति जनाएको मन्त्रालय स्रोतको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images