
काठमाडौं– जेन्जीको प्रदर्शनमा प्रहरीले चलाएको गोलीबाट १५ जनाको ज्यान गएको छ ।
प्रहरीले पुष्टि गरेअनुसार ट्रमा सेन्टरमा ७, सिभिल अस्पतालमा ३, त्रिवि शिक्षण अस्पतालमा १ र काठमाडौँ मेडिकल कलेजमा २ जनाको मृत्यु भएको हो ।
टाउकोमा गोली लागेका बाँकेका २५ वर्षीय सुलभ राज श्रेष्ठ र १९ वर्षीय सिमाय चौलागाईंलाई ट्रमा सेन्टरले मृत घोषणा गरेको छ ।
कालिकोटका २५ वर्षीय पवन शाहीको पेटमा गोली लागेको छ ।
सुरक्षाकर्मीले प्रदर्शनकारीको टाउकोमा लक्षित गरी गोली प्रहार गरेको भेटिएको छ ।
घटनामा कान्तिपुर टेलिभिजनका पत्रकार श्याम श्रेष्ठ र नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगाना घाइते भएका छन् ।
बानेश्वर क्षेत्रमा मात्र ८७ जना उपचाररत छन् ।
प्रतिक्रिया दिनुहोस्