काठमाडौं– सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध आन्दोलित जेन्जीले निषेधित क्षेत्र तोडेपछि सरकारले कफ्र्यु लगाएको छ ।
बानेश्वर, सिंहदरबार आसपास, माइतीघर, शीतलनिवास लगायतका क्षेत्रमा कफ्र्यु लगाएको छ ।
कफ्र्यु लगाएको जानकारी पाएपछि जेन्जीको आन्दोलन झन् आक्रामक बनेको छ ।
सरकारले यतिबेला सेना र प्रहरी परिचालन गरिरहेको छ ।
तर, जेन्जीले आफ्नो आन्दोलनलाई रोकेका छैनन् ।
आन्दोलनमा हालसम्म सयौँ घाइते भएका छन् ।
१३ जनाको मृत्यु भएको छ ।
यतिबेला बानेश्वर रणमैदानमा परिणत भएको छ ।
प्रतिक्रिया दिनुहोस्























