images
images
  • अपडेट : जेन्जी आन्दोलनमा १३ जनाको मृत्यु

    काठमाडौं– जेनजीहरूको प्रदर्शनका क्रममा अहिलेसम्म १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

    दिउँसो साढे ३ बजेसम्मको विवरणअनुसार ट्रमा सेन्टरमा ६, एभरेष्ट अस्पतालमा ३, सिभिलमा २, केएमसीमा १ र त्रिवि शिक्षण अस्पतालमा १ गरी १३ जनाको मृत्यु पुष्टि भएको हो ।

    घाइतेहरूको यकिन विवरण भने सार्वजनिक भइसकेको छैन ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images