काठमाडौं– बढ्दो भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्धको जेनजी आन्दोलनमा घुसपैठ भएको हुनसक्ने आशंका सत्तारूढ नेकपा (एमाले) ले व्यक्त गरेको छ ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार आन्दोलन जेनजीको नाममा राजनीतिकरणतर्फ मोडिएको आभास एमालेले लिएको छ ।
सोमबार बानेश्वर क्षेत्र तनावग्रस्त बनेको थियो ।
संसद् भवनमा प्रवेश गर्ने प्रयास र पर्खाल भत्काउने घटनापछि प्रहरीले गोली चलाउँदा केहीको मृत्यु भएको बताइएको छ ।
कर्फ्यु आदेश जारी भए पनि आन्दोलनकारी भने अझै पनि नहटेका छन् ।
प्रतिक्रिया दिनुहोस्























