काठमाडौं– काठमाडौंमा सामाजिक सञ्जाल प्रतिबन्ध र शासकीय अव्यवस्थाविरुद्ध जेन–जेड युवाले थालेको आन्दोलन हिंसात्मक बन्दै गएको छ ।
अहिलेसम्म दुई जनाको मृत्यु भएको छ भने करिब एक सयभन्दा बढी घाइते भएका छन् ।
प्रहरीको गोली लागेर निजामती अस्पतालमा एक जनाको मृत्यु भएको छ भने वीर अस्पतालको ट्रमा सेन्टरमा ३० भन्दा बढी घाइते उपचाररत छन्, जस मध्ये केहीको अवस्था गम्भीर छ ।
बानेश्वर क्षेत्रमा प्रहरीले अन्धाधुन्ध अश्रुग्यास र बल प्रयोग गरेपछि स्थिति तनावग्रस्त भएको छ ।
अवस्था नियन्त्रण बाहिर जाँदा सरकारले सिंहदरबार, राष्ट्रपति निवास वरपर र बानेश्वर क्षेत्रमा मध्यान्ह १२ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ ।
तर आदेश अवज्ञा गर्दै युवाहरू प्रदर्शनमा उत्रिएपछि प्रहरीले थप कडा दमन थालेको छ ।
प्रतिक्रिया दिनुहोस्























