काठमाडौं– काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले सार्वजनिक सम्पत्ति संरक्षणका लागि सुरक्षाकर्मीलाई ‘आवश्यक परे रबरको गोली प्रयोग गर्न सक्ने’ आदेश दिएका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी मुक्ति रिजालका अनुसार सुरक्षाकर्मीले चेतावनीसहित सामान्य बल प्रयोग गर्न पाउने र अत्यावश्यक अवस्थामा मात्रै रबरको गोली चलाउन सक्ने अनुमति दिइएको हो ।
तर, हालसम्म कति जनामाथि गोली प्रहार भएको वा कति घाइते भएको भन्ने विवरण सार्वजनिक गरिएको छैन ।
प्रतिक्रिया दिनुहोस्























