काठमाडौं– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णय र जेनजी पुस्ताको आन्दोलनबारे बूढानीलकण्ठ निवासमा छलफल गरेका छन् ।
देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार छलफलमा सामाजिक सञ्जाल बन्दले विद्यार्थी, विदेशमा रहेका परिवार, चाडपर्व, संगीत उद्योग र डिजिटल व्यवसायमा परेको असरबारे महामन्त्री थापाले ध्यानाकर्षण गराएका थिए ।
देउवाले यसबारे पार्टीका मन्त्री र प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
तर, प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम भने अझै तय नभएको सचिव देउवाले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्























