images
images
  • प्रहरीले चलाएको गोलीबाट पत्रकार श्याम श्रेष्ठ घाइते

    काठमाडौं– सरकारविरुद्धको जेन्जी आन्दोलन नियन्त्रण बाहिर गएको छ ।

    नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोडेर जेन्जी अगाडि बढेपछि आन्दोलन नियन्त्रण बाहिर गएको हो ।

    संसद् भवनमा अगाडि रहेको २ नम्बर गेटमा आन्दोलनकारीले आगजनी गरेका छन् ।

    जेन्जीको आन्दोलन नियन्त्रण बाहिर गएपछि प्रहरीले गोली चलाएको थियो ।

    प्रहरीले चलाएको गोलीबाट कान्तिपुर टिभीका क्यामरा पर्सन श्यामकृष्ण श्रेष्ठ घाइते भएका छन् ।

    उनको पाखुरामा गोली लागेको छ ।

    उनको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

    सोही क्रममा सरकारले यतिबेला कफ्र्यु लगाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images