काठमाडौं– ‘जेनजी’को आन्दोलनले सोमबारको राज्य व्यवस्था समिति बैठक प्रभावित भएको छ ।
प्रहरी विधेयकमाथि छलफल भइरहेको क्रममा गृहमन्त्री रमेश लेखक बैठकबाट बाहिरिएपछि सभापति ईश्वरीदेवी न्यौपानेले बैठक स्थगित गर्ने घोषणा गरिन् ।
आन्दोलनकै कारण स्थिति असहज बनेपछि स्थानीय प्रशासनले दिउँसो १२:३० बजेदेखि कर्फ्यु आदेश जारी गरेको थियो ।
यही असहज अवस्थाका कारण गृहमन्त्री बैठक छाडेका हुन् ।
प्रतिक्रिया दिनुहोस्























