काठमाडौं– सरकारविरुद्ध आन्दोलनमा उत्रेको जेन्जीमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।
जन्जीको आन्दोलन नयाँबानेश्वरस्थित निषेधित क्षेत्र तोडेर अगाडि बढेपछि अश्रुग्यास प्रहार गरेको हो ।
केही समय नयाँबानेश्वरमा जेन्जी र प्रहरीबीच धम्साधम्सी समेत भएको थियो ।
त्यसपछि निषेधित क्षेत्र तोडेर संसद् भवन घेराउमा पुगेको जेन्जीमाथि प्रहरीले लाठी प्रहार गर्नुका साथै अश्रुग्यास हानेको छ ।
यद्यपि गोली भने चलाएको छैन ।
प्रतिक्रिया दिनुहोस्























