काठमाडौं– सामाजिक सञ्जाल बन्द, भ्रष्टाचारको विरोध र अव्यवस्थाविरुद्ध जेन्जी प्रदर्शनमा उत्रिएको छ ।
संघीय राजधानी काठमाडौं लगायत देशभर जेन्जी आज बिहानैदेखि प्रर्दशनमा उत्रिएको हो ।
उसले शान्त, संयम र भयरहित ढंगले प्रदर्शन गरिरहेको छ ।
प्रदर्शन नियन्त्रण बाहिर जान सक्ने भयले सरकारले सादा र हतियारधारी प्रहरी परिचालन गरेको छ ।
प्रदर्शनलाई लक्षित गर्दै काठमाडौं महानगरले सार्वजनिक शौचालयको व्यवस्था गरिदिएको छ भने डाक्टरहरू एप्रोनसहित औषधीजन्य सामाग्री लिएर प्रदर्शनमा छन् ।
प्रतिक्रिया दिनुहोस्























