काठमाडौं– संघीय राजधानी काठमाडौंस्थित माइतीघर मण्डलामा जेन्जी पुस्ताले प्रदर्शन सुरु गरेको छ ।
आज (सोमबार) बिहान स्वतःस्फुर्त सो पुस्ता प्रदर्शनमा उत्रिएको हो ।
सरकारले बन्द गरेको सामाजिक सञ्जाल बन्द र भ्रष्टाचार अव्यवस्थाविरुद्ध जेन्जीले प्रदर्शन सुरु गरेको जनाइएको छ ।
प्रदर्शनमा भेला भएका जेन्जी पुस्ताका युवाहरूले ‘सरकार तेरो पाराले दुःख पायो साराले, केपी…देश छोड’ जस्ता नारा लगाइरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्























