काठमाडौं– नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी न त कायर रहेको न त उग्र वामपन्थी भड्काउको पक्षमा रहेको बताएका छन् ।
गोदावरीमा सम्पन्न दोस्रो विधान महाधिवेशनको समापन समारोहलाई आइतबार सम्बोधन गर्दै उनले माओवादी अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार
नेपालको चरित्र मिल्दोजुल्दो भएकाले आफूबाट विच्किएको टिप्पणी गरे ।
ओलीले भने, ‘सडेगलेका र विचार बिग्रेकाहरूसँग एमाले सहमत र सहकार्य गर्न सक्दैन । कम्युनिस्ट नाम र झन्डा एउटै देखिँदैमा एकता हुँदैन ।’
उनका अनुसार, नेकपा एकताको प्रक्रियामा देखिएका बेइमानहरू छुट्टिएका भए पनि केही सारथीहरू अझैसँगै छन् ।
ओलीले प्रचण्डले अदालतमार्फत पार्टी अलग्याउन खोजेको प्रसंग पनि उठाए ।
प्रतिक्रिया दिनुहोस्























