images
images
  • चिनियाँ सेनाको नेपालमा सैन्य अभ्यास किन ?

    काठमाडौं– नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच संयुक्त सैन्य अभ्यास ‘सगरमाथा फ्रेन्डसिप–५’ आइतबारदेखि काठमाडौंमा सुरु भएको छ ।

    भदौ ३१ गतेसम्म चल्ने यस अभ्यासमा विपद् व्यवस्थापन, संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गतका कार्यहरू तथा प्रतिआतंकवादसम्बन्धी तालिममा अनुभव र ज्ञान आदानप्रदान गरिने नेपाली सेनाले जनाएको छ ।

    सन् २०१७ (२०७४ साल) बाट सुरु भएको यो संयुक्त अभ्यास नेपाल र चीनमा हरेक वर्ष आलोपालो हुँदै आएको छ ।

    नेपाली सेनाले छिमेकी मुलुकका सेनासँग द्विपक्षीय तथा बहुपक्षीय अभ्यास, पेसागत प्रतियोगिता र तालिममार्फत क्षमतावृद्धि र आपसी सहयोगलाई निरन्तरता दिँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images