images
images
  • एमाले अध्यक्ष ओली र महासचिव पोखरेलबीच महाधिवेशन हलमै भिन्न वैचारिक मतभेद छताछुल्ल

    काठमाडौं– साउन पहिलो साता भंगालमा पत्रकारसँग भेट्दा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भनिन्, ‘एमालेले जबज नै छोड्ने त होइन जस्तो लाग्न थालेको छ ।’

    डेढ महिनापछि अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनमा प्रतिवेदन पेस गर्दै नयाँ अवधारणा अघि सारे, ‘नेपाली विशेषताको समाजवाद ।’

    यसले २०४९ सालदेखि एमालेको मूल मार्गदर्शन बनेको मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज) क्रमशः विस्थापित हुने संकेत गरेको देखिन्छ ।

    ओलीको प्रस्तावमा प्रतिस्पर्धात्मक र जनमुखी अर्थनीति, श्रमजीवी वर्गलाई आर्थिक न्याय, उत्पादन–वितरणमा समन्याय, सहकारिताको उपयोग, पर्यावरण संरक्षण, नवप्रवर्तन र तीव्र आर्थिक विकासलाई जोड दिइएको छ ।

    तर, महासचिव शंकर पोखरेलले भने एमाले अझै जबजकै मार्गदर्शनमा अघि बढिरहेको दाबी गरे ।

    केही मिडियाले एमालेले जबज छोड्यो भन्ने प्रचार गरेको भन्दै उनले त्यसलाई अनर्गल बताएका छन् ।

    प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पोखरेलले पत्रकारलाई अनावश्यक भ्रम नफैलाउन आग्रह गर्दै ओलीले सुरुदेखि नै जबजलाई समृद्ध बनाउन नेतृत्व गर्दै आएको पुनः स्मरण गराए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images