काठमाडौं– सामाजिक सञ्जाल बन्दको विरोधमा भोलि आयोजना हुने प्रदर्शनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले समर्थन जनाएका छन् ।
उमेर सीमा (२८ वर्ष मुनिका युवाहरूको लागि) भएकाले आफू प्रत्यक्ष सहभागी हुन नसक्ने भए पनि उनीहरूको आवाज सुन्न जरुरी रहेको उनले सामाजिक सञ्जालमार्फत बताएका छन् ।
‘भोलीको ¥याली पूर्ण रूपमा जेन्जी पुस्ताको स्वतःस्फूर्त आन्दोलन हो । उनीहरूका लागि म पनि अझै बुडो देखिन्छु । उहाँहरूको सोच, इच्छा र उद्देश्य बुझ्न मलाई पनि मन छ,’ मेयर शाहले भने ।
उनले राजनीतिक दल, नेता, कार्यकर्ता वा अभियन्ताहरूलाई यस आन्दोलनलाई आफ्नो स्वार्थका लागि प्रयोग नगर्न चेतावनी पनि दिएका छन् ।
‘म उमेरको कारण सहभागी हुन सक्दिनँ, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ । मेरो भरपुर समर्थन छ,’ उनले स्पष्ट पारे ।
त्यस्तै दुर्गा प्रसाईंले विरोधको समर्थन गर्नुका साथै सहभागी हुने बताएका छन् ।























