images
images
  • एमाले विधान महाधिवेशन : २ हजार ३४१ प्रतिनिधिमध्ये विद्या भण्डारीको पक्षमा २५ जनामात्रै खुले

    काठमाडौं– नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनमा संस्थापन पक्षको प्रस्तावलाई ९९ प्रतिशत प्रतिनिधिले समर्थन दिएका छन् ।

    ललितपुरको गोदावरीमा जारी महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णयको विपक्षमा जम्मा २५ प्रतिनिधिले मात्र आफ्नो धारणा राखेका छन् ।

    प्रदेशगत छलफलमा पनि कमै प्रतिनिधिले मात्रै भण्डारीलाई सदस्यता दिनुपर्ने तर्क गरेका छन् ।

    कोशी प्रदेशबाट ५० मध्ये ७५ जनाले लिखित वा मौखिक सुझाव दिएका थिए ।

    तर, अधिकांशले पार्टी निर्णय समर्थन गरेका थिए ।

    बागमती प्रदेशमा ३६१ मध्ये ११ जनाले मात्र सदस्यता दिनुपर्ने सुझाव राखे ।

    मधेस, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशमा पनि बहुसंख्यक प्रतिनिधिले पार्टी निर्णयको समर्थन गरेका छन् ।

    महाधिवेशन अन्तर्गत अध्यक्ष ओलीले उठाइएका प्रश्न र जिज्ञासामा जवाफ दिइसकेपछि समसामयिक प्रस्ताव पारित हुनेछ ।

    केन्द्रीय निर्वाचनमार्फत महाधिवेशन समाप्त हुनेछ ।

    सचिव योगेश भट्टराईको संयोजकत्वमा ७ सदस्यीय समिति देशको राजनीतिक, सामाजिक र आर्थिक धारणा तयार गर्ने छ ।

    कुल २,३४१ प्रतिनिधि महाधिवेशनमा सहभागी भएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images